Dhulikhel Eco Banner new

प्रतितोला २ हजार ८ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.34K
shares

काठमाडौं, २७ पुस । स्थानीय बजारमा आइतवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार प्रतितोला २ लाख ६७ हजार ८ सयमा कारोबार भएको सुनको मुल्य आइतवार २ हजार ८ सयले बढेर तोलामा २ लाख ७० हजार ६ सयमा कायम भएको हो ।

त्यस्तै, आइतवार चाँदीको मुल्य पनि २१० रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आइतवार तोलामा ४ हजार ९ सय ९० रुपैयाँमा कायम भएको छ ।