Dhulikhel Eco Banner new

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

2.85K
shares

काठमाडौं, ३० पुस । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को २८औँ वार्षिक साधारण सभा बुधबार ललितपुरको पुल्चोकस्थित गुँहेश्वरी भवनमा सम्पन्न भएको छ। सभामा अध्यक्ष युवराज भण्डारी ले आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सभाले वार्षिक प्रतिवेदनसँगै लेखापरीक्षण प्रतिवेदन, आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायत सम्पूर्ण वित्तीय विवरणहरू पारित गरेको छ।

संस्थाले हाल चिप–बेस्ड डेबिट कार्ड, एसएमएस अलर्ट, ई–बैंकिङ, मोबाइल बैंकिङ, नेपाल पे क्यूआर, ई–सेवा, फोनपे, खल्ती, कर्पोरेट पे, ईसीसी, आरटीजीएस, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस सेवा, सुरक्षित लकर (सेफ डिपोजिट लकर), नेसनल पेमेन्ट स्विच ९एनपीएस०, विप्रेषण (रेमिटेन्स), डीपी, सी–आस्बा, क्यूआर टेलर लगायतका आधुनिक सेवा प्रदान गर्दै आएको छ।

त्यसैगरी, व्यक्तिगत खाताका ग्राहकहरूका लागि ५ लाखसम्मको निक्षेप बीमा सुविधा समेत व्यवस्था गरिएको संस्थाले जनाएको छ।

राष्ट्रियस्तरको यस वित्तीय संस्थाले हाल देशभर २३ वटा शाखा कार्यालय र ४ वटा विस्तारित काउन्टर मार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ। प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी का अनुसार आगामी दिनमा अझ सरल, सहज र प्रभावकारी सेवाहरू विस्तार गर्दै लैजाने योजना संस्थाको रहेको छ।

संस्थाले प्रविधिमा आधारित बैंकिङ सेवा विस्तारमार्फत ग्राहक सन्तुष्टि र वित्तीय पहुँच अभिवृद्धिमा जोड दिँदै आएको जनाएको छ।