Dhulikhel Eco Banner new

सन नेपाल लाइफले सुरु गर्यो अगैयाँमा ४ दिने अन्तर्राष्ट्रिय सेल्स तालिम

2.67K
shares

काठमाडौं, २० माघ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अगैयाँस्थित “स्प्रिङ रिभर साइड रिसोर्ट” मा चार दिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनीङ्ग तालिमको १९ गते उद्घाटन गरेको छ।

तालिम अभिकर्ताहरूको दक्षता, आत्मविश्वास र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो। उद्घाटन समारोहमा वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयाल प्रमुख अतिथि रूपमा उपस्थित थिए। उनले बीमा क्षेत्रमा विश्वासिलो, व्यावसायिक र प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिकर्ताको भूमिका महत्वपूर्ण रहेको र यस्तो तालिमले संस्थागत क्षमता वृद्धि गर्न मद्दत गर्ने बताए।

तालिममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर, र राप्ती–भेरी रिजन प्रमुख दिपेन्द्र रावत अतिथिको रूपमा उपस्थित थिए। चार दिनसम्म (१९ गतेदेखि २२ गतेसम्म)

सञ्चालन हुने यस तालिममा अभिकर्ताहरूलाई निरन्तर सिकाइ, ग्राहकमैत्री सेवा र आधुनिक बीमा अभ्याससम्बन्धी प्रशिक्षण दिइनेछ।

तालिमका विषयवस्तुमा अभिकर्ताको आत्मविश्वास र दक्षता वृद्धि, बिक्री तथा सेवा क्षमता अभिवृद्धि, पेशालाई सम्मानजनक र व्यवस्थित बनाउन आवश्यक ज्ञान, आधुनिक तथा प्रविधिमैत्री अभ्यास, र बीमा सम्बन्धी विस्तृत जानकारी समावेश छन्।

कम्पनीले यस तालिम मार्फत स्थानीय अभिकर्ताहरूलाई बीमा सेवामा अझ प्रभावकारी, जिम्मेवार र परिणाममुखी बन्न प्रेरित गर्ने विश्वास लिएको जनाएको छ। हाल सन नेपाल लाइफ इन्स्योरेन्स देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेको छ।