Dhulikhel Eco Banner new

सामसङ नेपालको होली अफरको घोषणा, वाशिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट र एक्सचेन्ज सुविधा

2.82K
shares

काठमाडौं, २० माघ । सामसङ नेपालले होली पर्वको अवसरमा आफ्ना वाशिङ मेसिन र रेफ्रिजरेटरमा विशेष अफरको घोषणा गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। कम्पनीका अनुसार ग्राहकहरूले यस अवधिमा विभिन्न मोडेलका वाशिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट, क्यासब्याक तथा सरल फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन्।

वासिङ मेसिनमा ग्राहकहरूले ७ के।जी देखि १२ के।जी क्षमता भएका ए-आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट(लोड र सेमी(अटोमेटिक टप-लोड मोडेलमा १२५ देखि २३५ सम्मको क्यासब्याक पाउन सक्नेछन्। विशेषगरी, AI Ecobubble™ Washer Dryer मोडेलमा अधिकतम २३५ क्यासब्याक उपलब्ध छ। यसैगरी, रेफ्रिजरेटरमा सिंगल डोर, डबल डोर र साइड(बाइ(साइड मोडेलमा १५५ देखि १७५ सम्म क्यासब्याक उपलब्ध हुनेछ।

सामसङ वाशिङ मेसिनमा DIT मोटरमा २० वर्षको वारेन्टी उपलब्ध छ भने ४००V सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा सुविधा दिइएको छ। रेफ्रिजरेटरमा पनि ३००ख् सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा उपलब्ध छ, जसले दीर्घकालीन टिकाउपन सुनिश्चित गर्छ। कम्पनीले सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सेवा पनि उपलब्ध गराएको छ।

यस अफरको माध्यमबाट सामसङले ग्राहकलाई सजिलो, किफायती र दीर्घकालीन टिकाउ घरेलु उपकरणको पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ। ग्राहकहरूले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवा मार्फत ०५ ब्याजदरमा सजिला ईएमआई विकल्पमा आफ्नो मनपर्ने सामसङ होम अप्लायन्स किन्न सक्नेछन्। प्रक्रिया झन्झटमुक्त छ र केवल नागरिकता प्रमाणपत्र आवश्यक पर्छ।

साथै, नयाँ सामसङ टिभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा देशभरिका अधिकृत सामसङ रिटेल स्टोरमार्फत पुराना उपकरण एक्सचेन्ज गर्न सक्नेछन्। कम्पनीले यस अफरको माध्यमबाट ग्राहकहरूलाई उच्च गुणस्तरको उपकरण उपलब्ध गराउँदै उनीहरूको जीवनशैली अझ सहज बनाउने लक्ष्य राखेको जनाएको छ।