जावलाखेल डिस्टिलरीद्वारा ‘रुस्लान’ सार्वजनिक, रेडी–टु–ड्रिङ्क विधामा नयाँ प्रवेश
वि.सं.२०८२ फागुन ५ मंगलवार १०:३५
shares

काठमाडौं, ५ फागुन । जावलाखेल डिस्टिलरी प्रा.लि.ले नेपालको रेडी–टु–ड्रिङ्क (आरटीडी) श्रेणीमा नयाँ उत्पादन सार्वजनिक गरेको छ। कम्पनीले ‘रुस्लान रिफ्रेसिङ अल्कोहोलिक पेय’ नामक पेय बजारमा ल्याएको हो।
कम्पनीका अनुसार नेपाली अल्कोहोल पेय बजारमा पहिलोपटक ‘पीच आइस टी’ स्वादमा आरटीडी उत्पादन प्रस्तुत गरिएको हो। ‘रुस्लान’को पहिलो संस्करण ५ प्रतिशत अल्कोहोल मात्रा (एबीभी) सहित तयार गरिएको छ। फरक सोच र नयाँ अनुभव खोज्ने युवापुस्तालाई लक्षित गर्दै उत्पादन विकास गरिएको कम्पनीको भनाइ छ।
अभिव्यक्तिशील र अनुभव–केन्द्रित युवा पुस्ताको जीवनशैलीलाई ध्यानमा राखेर ब्रान्ड तयार गरिएको कम्पनीले जनाएको छ। ट्रेन्ड पछ्याउनेभन्दा आफ्नै शैली स्थापित गर्न चाहने पुस्तालाई प्रेरित गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ।
विश्वव्यापी रूपमा लोकप्रिय ‘पीच आइस टी’ स्वादलाई अल्कोहोलिक स्वरूपमा रूपान्तरण गरी आधुनिक र सहज रूपमा पिउन मिल्ने पेयका रूपमा प्रस्तुत गरिएको कम्पनीले दाबी गरेको छ। सन्तुलित ५ प्रतिशत अल्कोहोल मात्राले परिचित स्वादलाई नयाँ अनुभवमा रूपान्तरण गर्ने प्रयास गरिएको जनाइएको छ।
कम्पनीका अनुसार ‘रुस्लान’ले नेपालमा आरटीडी पेयको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ। बदलिँदो जीवनशैली र सामाजिक संस्कृतिसँग जोडिएको ब्रान्डका रूपमा यसलाई अघि बढाउने योजना रहेको कम्पनीले जनाएको छ।
२७५ मिलिलिटरको क्यानमा उपलब्ध यो पेय हाल काठमाडौंका केही चयनित पसलहरूमा प्रतिक्यान २२५ रुपैयाँमा बिक्री भइरहेको छ।

















