Dhulikhel Eco Banner new

संकल्प इन्भेस्टमेन्टको प्रिमियम यात्रा अनामनगरबाट सुरु

988
shares

काठमाडौं, २६ वैशाख । संकल्प इन्भेस्टमेन्ट प्रा.लि.ले एभरेस्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएको छ। काठमाडौंको अनामनगर (सिंहदरबार पूर्वीगेट) मा स्थापना गरिएको यो आउटलेटसँगै कम्पनीले आफ्नो प्रिमियम व्यावसायिक यात्राको सुरुवात गरेको जनाएको छ।

आधुनिक लगानी सोच, गुणस्तरीय सेवा र व्यावसायिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सुरु गरिएको उक्त आउटलेट कफी संस्कृतिसँगै बौद्धिक तथा कर्पोरेट भेटघाटको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

कम्पनीका अध्यक्ष कृष्ण अर्यालले “हामी संख्या होइन, स्तर निर्माण गर्न आएका हौँ” भन्दै गुणस्तर र दीर्घकालीन विश्वासलाई प्राथमिकतामा राख्ने बताए।

संकल्प इन्भेस्टमेन्टले यस सहकार्यलाई नेपालमा व्यवस्थित र कर्पोरेट लगानी संस्कृतिको नयाँ सुरुवातका रूपमा लिएको जनाएको छ।