Dhulikhel Eco Banner new

साओमी (१७ टी) नेपाली बजारमा प्रि–अर्डरका लागि उपलब्ध लाइका प्रविधिमा आधारित टेलिफोटो क्यामेरा क्षमतासहित

663
shares

काठमाडौं, १५ जेठ । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा नयाँ स्मार्टफोन साओमी (१७ टी) को प्रि–अर्डर खुला गरेको छ । आकर्षक प्रिमियम डिजाइन र लाइका प्रविधिमा आधारित टेलिफोटो क्यामेरा क्षमतासहित यो स्मार्टफोन नेपाली बजारमा ल्याइएको हो । क्यामेरा तथा फोटोग्राफी साओमी (१७ टी) मा लाइकाद्वारा डिजाइन गरिएको ट्रिपल क्यामेरा सेटअप रहेको छ । यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, लाइका अल्ट्राप्योर अप्टिक्स तथा लाइका समिलक्स लेन्स प्रविधि समावेश गरिएको छ, जसले फोटोमा अझ स्पष्ट विवरण, गहिराइ र उत्कृष्ट डायनामिक रेन्ज प्रदान गर्छ ।

यस स्मार्टफोनमा लाइका ५ एक्स टेलिफोटो क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेरा तथा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ, जसले उच्च रिजोल्युसनका तस्बिर तथा उत्कृष्ट भिडियो रेकर्डिङ अनुभव दिन्छ । डिजाइन तथा डिस्प्ले साओमी (१७ टी) मा ६.५९ इन्चको १.५के एमोलेड डिस्प्ले रहेको छ, जसमा अधिकतम ३५०० निट्स ब्राइटनेस उपलब्ध भएकाले बाहिरी उज्यालोमा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ ।

यसमा साओमी भिजन केयर, ३८४० हर्ज पीडब्लुएम डिमिङ तथा डीसी डिमिङ जस्ता आँखाको सुरक्षासम्बन्धी विशेषता समावेश छन् । १२० हर्ज रिफ्रेस रेटले फोनको प्रदर्शनलाई अझ स्मुथ बनाउँछ । करीब २०० ग्राम तौल रहेको यो स्मार्टफोन आईपी६८ प्रमाणित भएकाले पानीका छिटा तथा धुलोबाट पनि सुरक्षित रहन्छ । ब्याट्री तथा प्रदर्शन ६५०० एमएएच क्षमताको ब्याट्री रहेको साओमी (१७ टी) ले ६७ वाट हाइपरचार्ज तथा २२.५ वाट वायर्ड रिभर्स चार्जिङ सपोर्ट गर्छ । यसमा ४ एनएम मिडियाटेक डाइमेन्सिटी ८५००–अल्ट्रा फ्ल्यागशिप चिपसेट प्रयोग गरिएको छ, जसले शक्तिशाली प्रदर्शन प्रदान गर्छ । साओमीको उन्नत थ्रीडी आइसलुप कुलिङ सिस्टमले गेमिङ तथा लाइभ स्ट्रिमिङ जस्ता भारी प्रयोगका समयमा फोनलाई चिसो राख्न र स्थिर प्रदर्शन कायम गर्न मद्दत गर्छ ।

अडियो तथा कनेक्टिभिटी  डुअल स्टेरियो स्पिकरसहित साओमी (१७ टी) ले उत्कृष्ट अडियो अनुभव प्रदान गर्छ । यस स्मार्टफोनले वाइफाइ (६ई) डुअल सिम तथा एनएफसी सपोर्ट गर्ने भएकाले नेटवर्क कनेक्टिभिटी, सिग्नल क्षमता तथा प्रयोगको लचकता अझ राम्रो बनाउँछ । उपलब्धता ः साओमी (१७ टी) भायोलेट, ब्लु र ब्ल्याक गरी तीन आकर्षक रंगमा तथा १२ जीबी + ५१२ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । यो स्मार्टफोनको प्रि–अर्डर गर्दा ग्राहकहरूले रु. ५,५०० बराबरको विशेष अफर प्राप्त गर्नेछन्, जसअन्तर्गत रेड्मी बड्स (६ प्ले) (मूल्य रु२,४९९) र साओमी ट्याग (मूल्य रु. २,९९९) निःशुल्क प्रदान गरिनेछ । साथै प्रि–अर्डर २९ मे देखि ६ जुन २०२६ सम्म खुला रहनेछ । साओमी (१७ टी) को नेपाली बजार मूल्य रु. ८९,९९९ तोकिएको छ ।