Dhulikhel Eco Banner new

खल्तीमार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

741
shares

काठमाडौं,  १५ साउन । आइएमई खल्ती लिमिटेड (खल्ती)ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘१०० प्रतिशत उपहार’ योजना सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने प्रयोगकर्तामध्ये प्रत्येक १५ दिनमा १०० जना भाग्यशालीले आफूले तिरेको नवीकरण शुल्क बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने अवसर पाउनेछन्। योजना साउन महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र बुझाउन अनुरोध गरेको छ। तोकिएको समयभित्र शुल्क नतिरेमा साउन १६ गतेदेखि डिम्याट खाता निष्क्रिय हुन सक्ने भएकाले समयमै नवीकरण गर्न आवश्यक रहेको कम्पनीले जनाएको छ। डिम्याट खाता निष्क्रिय भएमा सेयर खरिद–बिक्रीलगायत पूँजी बजारसम्बन्धी कारोबार प्रभावित हुन सक्छ।

हाल डिम्याट खाताको वार्षिक नवीकरण शुल्क १०० रुपैयाँ र मेरोशेयर खाताको वार्षिक नवीकरण शुल्क ५० रुपैयाँ रहेको छ। प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले खल्तीले ‘१०० प्रतिशत उपहार’ योजना ल्याएको जनाएको छ।

योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट, मेरोशेयर वा दुवै सेवा नवीकरण गर्ने प्रयोगकर्तामध्ये प्रत्येक १५ दिनमा १०० जना विजेताले आफूले तिरेको शुल्क बराबरको १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्। यसबाट प्रयोगकर्ताले वार्षिक नवीकरण शुल्क तिर्दै आकर्षक क्यासब्याक जित्ने अवसर पनि पाउनेछन्।

खल्ती एपमार्फत नवीकरण गर्न प्रयोगकर्ताले एपकोूवित्तीय सेवाू अन्तर्गत रहेको मेरोशेयर तथा डिम्याट नवीकरणू सेवामा गई।सेवामा गई आफ्नो डिपोजिटरी पार्टिसिपेन्ट (डीपी) छनोट गरी क्लाइन्ट आईडी प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि डिम्याट, मेरोशेयर वा दुवैमध्ये आवश्यक सेवा छनोट गरी विवरण पुष्टि गरेपछि केही सेकेन्डमै सुरक्षित रूपमा भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

त्यसैगरी, आफ्नो ब्रोकर वा डिपोजिटरी पार्टिसिपेन्ट (डीपी) को वेबसाइटबाट नवीकरण गर्ने प्रयोगकर्ताले पनि खल्ती पेमेन्ट गेटवे मार्फत सहज रूपमा डिम्याट तथा मेरोशेयर नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन्।

खल्तीले डिम्याट तथा मेरोशेयर नवीकरणलाई छिटो, सुरक्षित र सहज बनाउन एप तथा पेमेन्ट गेटवे दुवै माध्यमबाट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। प्रयोगकर्ताले घरमै बसेर २४सै घण्टा सेवा प्रयोग गरी नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन्।

कम्पनीले अन्तिम समयसम्म प्रतीक्षा नगरी समयमै डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्न तथा ‘१०० प्रतिशत उपहार’ योजनामार्फत प्रत्येक १५ दिनमा १०० प्रतिशत क्यासब्याक जित्ने अवसरको लाभ लिन आग्रह गरेको छ।