एनएमबी बैंकले ल्यायो नयाँ ईभीका लागि ‘अटो कर्जा’ योजना, आधार दरमा थप ०.५ प्रतिशत ब्याज
वि.सं.२०८३ साउन २६ मंगलवार ०९:५०
shares

काठमाडौं, २६ साउन । एनएमबी बैंक लिमिटेडले नयाँ विद्युतीय सवारी साधन (ईभी) खरिदका लागि विशेष ‘इभी अटो कर्जा’ योजना सार्वजनिक गरेको छ।
बैंकले नाइमा अटो एक्सपो २०२६ लाई लक्षित गर्दै आधार दरमा थप ०.५ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ।
वातावरणमैत्री यातायात तथा दिगो बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको उक्त कर्जा योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुने बैंकले जनाएको छ। नयाँ विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई सहज, छिटो र सरल प्रक्रियामार्फत कर्जा उपलब्ध गराउने बैंकको भनाइ छ।
कर्जा सुविधामा इच्छुक ग्राहकले नाइमा अटो एक्सपोमा रहेको एनएमबी बैंकको स्टल नम्बर ०५ वा देशभर रहेका बैंकका कुनै पनि शाखामार्फत आवेदन दिन सक्नेछन्।
एनएमबी बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै वातावरणमैत्री र दिगो यातायात प्रणालीको विकासमा योगदान पुर्याउने उद्देश्यले यस्तो योजना ल्याएको जनाएको छ।















