Dhulikhel Eco Banner new

कुचो निर्यातबाट विदेशी डलर सञ्चितिमा सहयोग : अक्ष्यक्ष कार्की

8.62K
shares

काठमाडौं, ३२ असार । नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले कुचो निर्यातले विदेशी मुद्राआम्दानिमा सहयोग पुगेको बताएका छन् । शनिबार काठमाडौं संघले आयोजना गरेको सदस्यता प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले विदेशी मुद्राको सञ्चिति कम भएको अवस्थामा कुचो निर्यातबाट विदेशी मुद्रा आर्जनमा सहयोग पुगेको उनले बताएका हुन् ।

कुचोले १ अर्बको निकासी गर्ने गरेकोभन्दै यसबाट विदेशी मुद्राको सञ्चितिमा सहयोग पुगेको उनको भनाइ छ । कुचो जीवन पद्धतिसँग जोडिएको भन्दै यो सँस्कृति र संस्कारसँग समेत जोडिएको उनले बताए । अहिले कुचोमा नेपाल आत्मनिर्भर रहेको भन्दै यसमा विदेशबाट कुचो निर्यात गर्नु पर्ने अवस्था नरहेको उनले जानकारी दिए ।

कुचोका मुख्य स्रोत अम्लिसो भएको भन्दै यसलाई घाँसका रुपमा पनि प्रयोग गर्न सकिने र घाँस नपाइने समयमा पनि यसलाई घाँसका रुपमा समेत प्रयोग गर्न सकिने उनको तर्क छ । अहिले निर्यात हुने वस्तुमा नगद सहुलियत दिने गरेको भन्दै कुचो निकासीमा भने कुनै सहुलियत नपाएको उनको गुनासो छ । यस्तै कुचो निर्यात हुने बंगलादेशमा ५१ प्रतिशत कर लगाउने गरेको भन्दै यसमा पहल गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ तथा सरकारसँग उनले आग्रह गरे ।

साथै तालिमको व्यवस्था गरेर कच्चा पदार्थ भन्दा पनि तयारी सामग्रीका रुपमा पठाउन सकेमा थप आम्दानी गर्न सकिने उनले बताए । आर्थिक वर्ष २०७७/०७८ मा ६५ करोडभन्दा बढीको निकासी गरिएको उनले बताए । उनका अनुसार सो आर्थिक वर्षमा ६५ करोड ८८ लाख १३ हजार रुपैयाँको कुचो निकासी गरिएको छ । सो आर्थिक वर्षमा १ करोड ३३ लाख ८३ हजार ३८० थान कुचो निर्यात भएको छ ।