Dhulikhel Eco Banner new

कुचोले निर्यातामा टेवा पुर्‍यायो : महासंघ केन्द्रीय सदस्य हमाल

6.49K
shares

काठमाडौं, १ साउन । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भक्त बहादुर हमालले नेपालको निर्यातमा कुचोको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । अहिले नेपालबाट विदेश निर्यात हुने बस्तु निकै कम मात्रै रहेको अवस्थामा कुचो नेपाल आयात भन्दा पनि निर्यात हुने वस्तुका रुपमा रहेकोभन्दै यसबाट कुनै आयातमा टेवा पुगेको उनले बताए ।

‘नेपालबाट निर्यात हुने वस्तु निकै कम रहेको छ, तर कुचो नेपालबाट पूर्ण रुपमा निर्यात हुन्छ, कुचोको आयात भएको सुनिदैन जसले गर्दा कुचोले निर्यातको क्षेत्रमा कोशेढुङ्गा सावित गरेको छ,’ उनले भने । राज्यले हर्ने नजर गलत भए पनि व्यवसाय गर्नु पर्ने बाध्यता रहेको उनले भने । सरकारले ल्याएको नीति नियम व्यवसायमैत्री नभए पनि व्यवसायीले कष्टकर रुपमा पनि व्यवसाय गर्नु परेको उनको धारणा छ ।