Dhulikhel Eco Banner new

व्यवसायीको हकहित पहिलो प्राथमिकता : नविनिर्वाचित अध्यक्ष गौतम

11.22K
shares

काठमाडौं, १५ साउन । नेपाल व्यापार संघको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । अध्यक्षमा हरि गौतम सहित सबै १०५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । संघको शनिबार सम्मन्न ३१ साधारण सभा तथा १६ औँ महाधिवेशनबाट अध्यक्षमा गौतम सहित सबै १०५ सदस्यीय कार्यसमिति सर्वसम्मत छानिएको हो ।

संघको अध्यक्षमा यस अघि उपाध्यक्ष रहेका गौतमको मात्रै उम्मेदवारी परेको थियो । साधारण सभा तथा महाधिवेशनले अध्यक्ष सहित सबै पद सर्वसम्मत रुपमा टुङग्याएको अध्यक्ष गौतमले जानकारी दिए । निवर्तमान अध्यक्ष सहित संघको कार्यसमिति १०५ सदस्यीय हुने व्यवस्था छ ।

संघको नयाँ कार्यासमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण अधिकारी चयन भएका छन् । प्रथम उपाध्यक्षमा गिरीराज पोखरेल, द्धितिय उपाध्यक्षमा श्याम रुङ्टा, काठमाडौं उपाध्यक्षमा विपिन शर्मा, महिला उपाध्यक्षमा पार्वती भट्ट पौडेल र इन्दिरा लामिछाने पौडेल चयन भएका छन् । महासचिवमा दिपक सापकोटा, कोषाध्यक्षमा चिफ बहादुर थापा तथा उप महासचिवमा निरञ्जन सेढाई र दामोदर पन्त सर्वसम्मत रुपमा चयन भएका छन् ।

यसैगरी पहिलो पटक प्रदेशका संरचनामा गएको संघको सबै सात वटै प्रदेशमा उपाध्यक्ष हुने व्यवस्था गरेको छ । प्रदेश उपाध्यक्षहरु पनि सर्वसम्मत रुपमा चयन भएका छन् । जसअनुसार प्रदेश १ उपाध्यक्षमा तेज प्रसाद आचार्य चयन भएका छन् । त्यस्तै मधेश प्रदेशमा गोपी चन्द्र अग्रवाल, बागमती प्रदेश तर्फ दुर्गा बहादुर गौतम र गण्डकी प्रदेशबाट जयकृष्ण शर्मा चयन भएका छन् । त्यस्तै लुम्बिनी प्रदेशबाट कुमार थापा, कर्णाली प्रदेशबाट सोमित थापा र सुदुरपश्चिम प्रदेशबाट कोमल सुन्दुर श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन ।

यस्तै सचिवमा सुरेन्द्र पौडेल, पवन कुमार अग्रवाल, हरिराम डाँगी, दिपक प्रसाद सापकोटा, ज्योती कुमार श्रेष्ठ, ठाकुर नाथ आचार्य, देवराज कार्की चयन भएका छन् भने महिला सचिवमा लक्ष्मी कुमारी बराल र बिमला कुवर केसी चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका थिए । साना तथा मझौला व्यवसायीहरुको साझा संस्थाका रुपमा रहेको नेपाल व्यापार संघको स्थापना २०४७ सालमा भएको हो ।

सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दा व्यवसायीका समस्याका विषयमा काम गर्न सहज हुने भएकाले अबको कार्याकाल व्यवसायीको हक हितका लागि लगाउने नविनिर्वाचित अध्यक्ष गौमले बताए । निर्वाचन लोकतान्त्रीक प्रक्रिया भए पनि यसबाट व्यवसायीहरु विभाजित हुने हुन्दा व्यवसायीका मुद्धा ओझेलमा पर्ने उनको तर्क छ । संघीय संरचना अनुसार नेपाल व्यापार संघ अब वडासम्म विस्तार हुने अध्यक्ष गौतमको भनाइ छ ।

१ हजार जना साधारण सदस्य रहेको कार्यसमिति १०५ सदस्यीय, ५१ सदस्यीय सल्लाकार र आजीवन सदस्य १५० जना रहका छन् ।