सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई रुस्काज मेकअप स्टुडियोमा विशेष छुट
वि.सं.२०७९ साउन १६ सोमवार १८:३३
shares

काठमाडौं, १६ साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित रुस्काज ब्युटी पार्लर एण्ड मेकअप स्टुडिया मा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र ब्युटी पार्लरका तर्फबाट कम्पनीका संचालिका रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेकका छन् ।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले रुस्काज मेकअप स्टुडियो को ब्युटी कोर्ष मा १५ प्रतिशत, ब्युटी पार्लर सर्भीस मा २० प्रतिशत , ब्युटी रिलेटेड प्रोडक्टमा १० प्रतिशत छुट पाउन सक्नेछन् ।
यस बैंकलाई् आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

















