Dhulikhel Eco Banner new

हवाई भाडा : दिल्लीभन्दा धनगढीको महंगो

6.9K
shares

काठमाडौं, ९ असोज । दशैँ नजिकीएसँग हवाई भाडा निकै महंगो बनेको छ । संघीय राजधानी काठमाडौंबाट देशका विभिन्न ठाउँका लागि हवाई भाडा निकै महंगो भएको हो ।

हवाई भाडा कतिसम्म मंहगौ बनेको छ भने काठमाडौंबाट दिल्ली जानका लागि भन्दा धनगढी जान महंगो पैसा तिर्नु पर्ने अवस्था देखिएको छ । काठमाडौंबाट दिल्लीको एकतर्फि भाडा ७ हजार १८० रुपैयाँ भारु अर्थात नेपाली ११ हजार ४८८ रुपैयाँ रहेको छ । तर धनगढी जानका लागि भने हवाई भाडा १७ हजारसम्म रहेको छ ।

धनगढीको भाडा निकै महंगो भए पनि कर्णाली प्रदेशको राजधानी सुर्खेत लगायत केही क्षेत्रामा भने जहाजनै उपलब्ध छैनन् ।