Dhulikhel Eco Banner new

आजदेखि देशभर रुट परमिट खुला

5.77K
shares

काठमाडौं, १० असोज । सोमबारदेखि देशका विभिन्न स्थानका लागि रुट कायम भएका सवारीको रुट खुला भएको छ । नेपालीहरुको महान चार्ड दशैँ, तिहार, छट लगायत पर्वलाई मध्यनजर गरी सोमबारदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला गरिएको हो ।

दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गर्ने गरिएको छ । आजदेखि धेरै सख्यामा यात्रु काठमाण्डांै उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौंसँग नाका जोडिएका सबै नाकामा गाडीको यान्त्रिक परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको समन्वयमा हुनेछ । बीमा नभएका गाडी दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा यान्त्रिक परीक्षण नभएका गाडी दुर्घटनामा पर्ने जोखिम रहेकाले यस्ता गाडीले रुट परमिट नपाउने पनि गृह मन्त्रालयले जनाएको छ ।