शारदा–ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार श्रेष्ठलाई
वि.सं.२०७९ असोज १२ बुधवार १९:३४
shares

काठमाडौं, १२ असोज । शारदा–ढुण्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार खेमराज श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको जर्नल विमोचन तथा पुरस्कार वितरण कार्यक्रममा १ लाख रुपैयाँको राशिको उक्त पुरस्कार विजमाण्डुका पत्रकार श्रेष्ठलाई प्रदान गरिएको हो ।
पत्रकार श्रेष्ठलाई शारदा–ढुण्डीराज भट्टराईका पुत्र तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले १ लाखको चेक हस्तान्तरण गरेका थिए । आफ्ना आमा- बाबुको सम्झनामा स्थापना गरिएको पत्रकारिता पुरस्कारले पत्रकारलाई प्रोत्साह मिल्ने भट्टराईको भनाइ छ । नाफिजसँगको सहकार्यमा प्रमुख कार्यकारी अधिकृत भट्टराइले १० लाखको अक्षय कोष स्थापन गरी त्यसबाट आउने ब्याजबाट हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कार प्रदान गरिने बताए ।
उक्त पुरस्कारका लागि अन्य १० जनाभन्दा बढी आर्थिक पत्रकारहरुले आवेदन दिएका थिए। सोमध्ये उत्कृष्ट हुँदै श्रेष्ठले उक्त पुरस्कार हात पारेका हुन्।
त्यस्तै सिबिफीन नाफिज बैंकिङ पत्रकारिता पुरस्कार अनलाइन खबरका विजय पराजुली र टक्सार म्यागजिनका अनुपम आचार्यले प्राप्त गरेको छन् । सो पुरस्कारको राशी ५०/५० हजार रहेको छ । उक्त पुरस्कारको लागि आर्थिक सहयोग बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले गरेको हो । सो पुरस्कार सीबीफीनका अध्यक्ष पवन गोल्याङले हस्तान्तरण गरेका थिए ।
त्यस्तै नाफिजले प्रकाशन गरेको अर्थचित्र नामक जर्नल समेत सोही कार्यक्रममा विमोचन गरिएको थियो । आत्मनिभर अर्थतन्त्र भन्ने नाराका साथ प्रकाशन गरिएको जर्नलमा आत्मनिर्भर अर्थतन्त्रका लागि गर्नु पर्ने कार्यका विषयमा विभिन्न क्षेत्रका व्यक्तिहरुको भनाइ समेटिएको छ ।


















