Dhulikhel Eco Banner new

नयाँ वर्षमा सनराईज क्यापिटलले ल्यायो नयाँ एस आई पि योजना

4.93K
shares

काठमाडौं, ३० चैत । नयाँ वर्ष २०८० को पावन अवसरमा यस सन्राईज क्यापिटल लिमिटेडले वर्तमान पुंँजी वजारको अवस्थालाई ध्यानमा राखी लगानी व्यवस्थापन सम्बन्धी नयाँ योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहक वर्गहरुलाई दीर्घकालिन लगानीमा सहभागिता गराउने तथा आकर्षक प्रतिफल उपलब्ध गराउने लक्ष सहित लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ एस आई पि पोर्टफोलियो योजना (SIP Portfolio Scheme) संचालनमा ल्याएको हो ।

उक्त योजनामा सहभागि हुने लगाानीकर्ताहरुले निश्चित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्ने छ । उक्त रकम यस कम्पनीको लगानी व्यवस्थापन विभागमा कार्यरत प्रबन्धक लगायतका दक्ष जनशक्तिद्धारा दीर्घकालिन प्रतिफल प्राप्त हुने व्यवस्थित धितोपत्रहरुको पोर्टफोलियोमा लगानी गर्ने गरिन्छ ।

धितोपत्र बजारमा सहभागि हुन चाहने तर आफ्नो लगानी आफै व्यवस्थापन गर्न समय वा विशेषज्ञताको अभाव रहेका लगानीकर्ताहरुका लागि यो योजना एक लोकप्रिय लगानी विकल्प बन्न छ । हाल घट्दो बजार परिस्थितिमा यस योजनाले लगानीकर्ताहरुको जोखिम न्युनिकरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने छ ।

यस योजनामा सहभागि हुन चाहने लगानीकर्ताहरुले न्युनतम ३ लाख लगानी गर्नुपर्नेछ । नियमित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्नेछ, लगानी अवधि पाँच वर्षको हुनेछ र साना तथा ठूला सबै किसिमका लगानीकर्ताहरुका लागि यो योजना लाभदायि सावित हुनेछ ।