Dhulikhel Eco Banner new

सातै प्रदेशमा आइएमईको रेमिटेन्स साक्षरता सम्पन्न

3.56K
shares

काठमाडौँ, १८ पुष । आइएमईले सातै प्रदेशमा रेमिटेन्स साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न  गरेको छ ।

गत मंसिरबाट सातै प्रदेशमा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदारहरुको उत्साहपूर्वक उपस्थित रहेको थियो ।

उक्त साक्षरता सम्बन्धि कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिटेन्स र यसको प्रयोग बिषयमा केन्द्रित रहेर रेमिटेन्स मार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरि हस्तान्तरण गर्ने, रेमिटेन्स गरि रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले बिशेषगरि के कुरामा ध्यान पुराउने तथा रेमिटेन्सको डिजिटल प्रगोग सम्बन्धि बिषयमा रहेर प्रशिक्षण सम्पन्न गरिएको हो ।

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरु तथा स्वदेशमै दुख गरि कमाएको रकमको सुरक्षाको उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न  गरिएको हो ।