द हिमालयन टाइम्स पत्रिकाले आईपीओ जारी गर्ने
वि.सं.२०८० माघ १ सोमवार १०:१७
6.42K
shares
shares

काठमाडौँ, १ माघ । द हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेड द्धरा सञ्चालित हिमालयन टाइम्स पत्रिकाले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।
पत्रिकाले ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर प्रति १०० रुपैयाँ अंकित मूल्यका आईपीओ निष्काशन गर्ने भएको हो ।
पुष २४ गते पत्रिका र मुक्तिनाथ क्यापिटल बीच निष्काशत तथा बिक्री प्रबन्धकको सम्झौता भएको थियो ।
द हिमालयन टाइम्स सन् २००१ मा स्थिापना भई अंग्रेजी भाषामा प्रकाशित गर्दै आएको राष्ट्रिय दैनिक त्रिका हो ।

















