नाडा अटो शोमा केइ को ३ ओटा मोडल सार्वजनिक
वि.सं.२०८१ भदौ १२ बुधवार ११:५१
shares

काठमाडौं, १२ भदौ । नेपालको लागि केइ अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले आज नाडा अटो शो २०२४ को पहिलो दिन आफ्नो स्टल नं एच- १६ बाट अर्थमन्त्री विष्णुप्रसाद पौडेल बाट आफ्नो ३ ओटा मोडल सार्वजनिक गर्दै बूकिङ्ग खुल्लाएको छ । यी तीन मोडल e-Qute 02, e-Qute 04 र इलेक्ट्रीक एसयूभ एक्सथ्रि प्रो इभि रहेका छन् ।
e-Qute 02 मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ,जस्मा २०० कि.मी रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मुल्य कायम गरिएको छ भने ३०० कि.मी भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार E-Qute 02 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।
कम्पनीका अनुसार e-Qute 04, ३०० कि.मी रेन्ज को मूल्य २४ लाख ९६ हजार छ । E-Qute 04 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।
त्यसै गरी तेस्रो मोडल ह्घ एचय भ्ख् इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध भएको कम्पनीले जनाएको छ । । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम रहेको कम्पनीले जनाएको छ ।
यस नाडा स्पेसल अफर अन्तर्गत केइ गाडी को खरिद मा ग्राहक ले ७.३ किलोवाट को वाल माउन्टेड चारजर, साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाृे छ । केई ब्रान्ड नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टल नं एच -१६ मा भाद्र ११ देखी भाद्र १६ गते सम्म हुने नाडा अटो शो मा आएर केई ब्रान्ड र नाडामा लन्च गरिएको केइका गाडीहरु को बारे जानकारी लिन लक्ष्मी ई मोबिलिटी सबैलाई हार्दिक आमन्त्रण गरेको छ ।



















