Dhulikhel Eco Banner new

उत्कृष्ट एड्भेन्चर टुरिङ मोटरसाइकल नाडा अटो शो २०२४ मा

3.73K
shares

काठमाडौं, १२ भदौ । विश्वभर प्रशिद्ध मोटरसाइकल निर्माता सीएफमोटो , अत्यन्त प्रतिक्षित ४५० एमटी नेपालमा सार्वजनिक भएको छ ।

उक्त मोटरसाइकलको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरी देङ, एओलिन बीयू– मार्केटिङ म्यानेजर एण्ड सेल्स म्यानेजर सिएफमोटो चाइना, रोहिन अग्रवाल प्रोप्राइटर ऋषि ट्रेड सेन्टर, उज्वल जोशी जनरल म्यानेजर ऋषि ट्रेड सेन्टर, नाडाले संयुक्त रुपमा गरेका थिए ।

ऋषि ट्रेड सेन्टरले विशेष रुपमा वितरण गरेको ४५० एमटीले देशभरका मोटरसाइकल प्रेमीहरुका लागि एडभेन्चर टुरिङ अनुभवलाई पुनः परिभाषित गर्ने भएको छ । ऋषि ट्रेड सेन्टर द्वारा वितरण गरिने ४५० एमटीले नेपालभरका मोटरसाइकल प्रेमीहरूको एड्भेन्चर टुरिङ अनुभवलाई नै नयाँ परिभाषा दिनेछ ।

यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधा ले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउँछ । यो मोटरसाइकलको मूल्य १२,४९,९०० रहेको छ ।

अत्याधुनिक पावर र पर्फर्मेन्स

४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन भएको  मोटरसाइकल हो । जसले ४४ हर्सपावर ९५०० आरपीएममा र ४४ एनएमको टर्क ७६०० आरपीएम दिने कम्पनीको दावी छ । शहरमा क्रुज गर्दा होस् या कुनै भूभाग ४५० एमटीले स्मुथ र पावरफुल राइड दिने र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

स्लिम र आक्रामक डिजाइन

४५० एमटीमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको तिक्षण, एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थिति लाई स्ट्याण्ड आउट बनाउँछ ।

पूर्ण रूपमा लिड लाइटले सुसज्जित, ४५० एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने कम्पनीले बताएको छ । यसको डिजाइनलाई आधुनिक लुक पनि दिएको छ । यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो जसको तौल जम्मा १७५ केजी रहेको छ साथै बाइक बुस एबीएस र  टीसीएसले पनि सुसज्जित रहेको छ ।

अत्याधुनिक प्रविधि र सुविधाहरू

सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित छ । बाइकमा पूर्ण रूपमा डिजिटल टीएफटी ६ इन्चको डिस्प्ले रहेको छ जसमा बाइकको सबै जानकारी जस्तै स्पीड, फ्युल लेभल, ट्रिप इन्फो डिस्प्लेमा हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  डिस्प्लेको दृश्यहरू राइडरले आफ्नो चाहना अनुसार बदल्न सक्नेछन। ताकि विभिन्न ड्राइभिङ मोड अनुसार परिवर्तन गर्न सकियोस् ।

सुरक्षा प्रमुख प्राथमिकता हो र ४५० एमटी यही सोचबाट बनेको कम्पनीको भनाइ छ । बाइकमा डुअल च्यानल एबीएस रहेको छ जसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्ने कम्पनीको दावी छ । साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ । शहरको ट्राफिक होस् वा अफरोडको गतिमा एबीएले राइडिङलाई अझ बढी आत्मविश्वास र नियन्त्रण गर्न सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । अरू उत्कृष्ट सुविधाहरू मध्ये यसमा बुस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशील्ड र केबाइबी सस्पेन्सन रहेको छ ।

आरामदायी र भर्सटाइल टुरिङ

एडभेन्चर सोचमा राखी डिजाइन गरिएको ४५० एमटीले अद्भुत आरामदायि प्रदान गर्ने कम्पनीको दावी छ । बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट रहेको कम्पनीको भनाइ छ जसले राम्रो सपोर्टको साथ लामो यात्रा पनि सजिलै कटाउन मद्दत गर्ने कम्पनीको दावी छ  ।

बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्ने कम्पनीको भनाइ छ । १७ छ लिटरको ठूलो फ्युल ट्याङ्कले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ ।बाइकको २२० एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा गर्न सहज हुने कम्पनीको भनाइ छ।

सीएफमोटोको बारेमा
एक अग्रणी हाई परफरमेन्स मोटरसाइकल, अल टेरेन भेहिकल्स ATV र साइड–बाइ–साइड युटिलिटी भेहिकल्स उत्पादक हो। नवीनता र गुणस्तरमा प्रतिबद्ध, सीएफमोटोले आफूलाई विश्वव्यापी मोटरसाइकल बजारमा भरपर्दो ब्रान्डको रूपमा उभाएको छ। कम्पनीका उत्पादनहरू असाधारण प्रदर्शन, विश्वसनीयता, र राम्रो मूल्य प्रदान गर्न बनाइएका हुन्छन् ।