हुन्डाई नेपालले ल्यायो डिसेम्बर डिलाईट, आकर्षक छुट तथा विभिन्न लाभहरुको विशेष उत्सव
वि.सं.२०८१ मंसिर २४ सोमवार ११:३२
shares

काठमाडौं, २४ मंसिर । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले सोमबारदेखि “डिसेम्बर डिलाईट” अभियान सुरु गरेको छ। यहि शनिवार योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरुको पनि आयोजना हुने भएको हो।
हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँझैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो । मंसिर ३० सम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्ने जनाएको छ ।
कम्पनीका अनुसार “डिसेम्बर डिलाईट” अन्तर्गत, ग्राहकहरुले रु ६ लाखसम्मको छुट, ५ लाखसम्मको एक्स्चेज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यस अभियानमा जिरो कष्ट वनरसिप प्लान रहेको छ जसमा ग्राहकहरुले आफुलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन्। साथै ३ वर्षको निस्शुल्क चेक(अप, गाडी मर्मत सामाग्रीहरु तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिने कम्पनीले जनाएको छ ।
देशभरका सो(रुमहरुमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरुलाई अनुरोध र प्रोत्साहित गर्ने जनाएको छ ।



















