Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न

2.11K
shares

काठमाडौं, २९ पुस । सिद्धार्थ बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा आइतबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ ।

साधारण सभाले बैंकको चुक्ता पूँजी चौध अर्ब आठ करोड उनान्सय लाख असी हजार एक सय पचासीको ४ प्रतिशतका दरले हुने छपन्न करोड पैतीस लाख उनान्सय हजार दुई सय आठ मात्र नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने, “एसबिएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्विकृती पश्चात्जारी गर्ने लगायतका प्रस्तावहरु पारित गरेको हो ।

साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल , दिनेश शंकर पालिखेर बिरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिङ्ग्स प्रा.लि. र भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रा.लि.) निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ ।