Dhulikhel Eco Banner new

चौधरी ग्रुपको सेन्साई ब्राण्डले बजारमा ल्यायो नयाँ आकर्षक कुलरहरू

3.38K
shares

काठमाडौं, २२ फागुन । नेपाली बजारमा चौधरी ग्रुपको प्रतिष्ठित ब्राण्ड सेन्साईले आउँदो गर्मी महिनालाई लक्षित गर्दै नयाँ र आकर्षक कुलर मोडलहरू प्रस्तुत गरेको छ । ऊस्ते कुल स्टे कम्फर्ट नारासहित सेन्साईले डेसर्ट, मिनी डेसर्ट, पर्सनल र टावर कुलरका विभिन्न मोडल र क्षमतासहित बजारमा ल्याएका छन् ।

यी नयाँ कुलरहरू अब नेपाली उपभोक्ताहरूलाई उनीहरूको आवश्यकता र बजेट अनुसार चयन गर्न सकिने छ । कम्पनीले यी कुलरहरूमा १२ महिनाको वारेन्टी पनि प्रदान गरेको छ, जसले उपभोक्ताहरूलाई थप विश्वास र सुविधा दिएको छ ।

सेन्साईका यी कुलरहरू जापानिज प्रविधिमा आधारित छन् र विशेष आकर्षक सुविधाहरूले सुसज्जित छन् । यी सुविधाहरूमा ईन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिव कुलिङ, ४(वे सुइङ डिफ्लेक्सन, कास्टोर हुइल, आइस च्याम्बर, वाटर लेबल इन्डिकेटर लगायतका विशेषताहरू छन् ।

ईन्भर्टर कम्प्याटिबल प्रविधिका कारण, यी कुलरहरू बत्तिको अभावमा पनि सजिलै ईन्भर्टरबाट चलाउन सकिन्छ। हनिकम्ब प्रविधिले यी कुलरलाई अत्यधिक चिसो प्रदान गर्दछ, जबकि चारैतिर हावा प्रवाह गर्ने ४(वे सुइङ डिफ्लेक्सनले अधिक शीतलता सुनिश्चित गर्दछ ।

यीनो विशेषतासहित, कुलरलाई एक स्थानबाट अर्को स्थानमा सजिलै लैजानका लागि कास्टोर हुइल राखिएको छ, र वाटर लेबल इन्डिकेटरले पानीको स्तर थाहा पाउन मद्दत गर्दछ। यसका अतिरिक्त, आइस च्याम्बरले थप चिसो दिने सुविधा प्रदान गर्दछ । यी कुलरहरू ५००० म³रघण्टा सम्म हावा प्रवाह गर्ने क्षमता राख्दछन्, जसले छिटो शीतलता प्रदान गर्दछ ।

चौधरी ग्रुप अन्तर्गतको सि.जी. इलेक्ट्रोनिक्स डिभिजनले नेपालमा सेन्साईका कुलरहरूको आधिकारिक विक्रेताको रूपमा ई.ओ.एल. प्राइभेट लिमिटेडमार्फत यी उत्पादहरूको बिक्री वितरण गर्दैछ ।