Dhulikhel Eco Banner new

सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.94K
shares

काठमाडौं, २२ फागुन । स्थानीय बजारमा बिहिवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बुधवार तोलामा १ लाख ७० हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बिहिवार ३ सयले बढेर तोलामा १ लाख ७० हजार ७ सयमा कायम भएको हो ।

त्यस्तै, बिहिवार चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहिवार बढेर १ हजार ९८५ रुपैयाँमा कायम भएको छ ।