सिर्जनशील युवा समाजले राष्ट्रिय प्रतिभाहरू सम्मानित गर्ने
वि.सं.२०८१ चैत २७ बुधवार १७:०१
shares

काठमाडौं, २७ चैत । सिर्जनशील युवा समाज काँगेलले राष्ट्रिय स्तरको खेलकुद र संगीतजस्ता सिर्जनशील क्षेत्रहरूमा उल्लेखनीय योगदान दिने प्रतिभाहरुलाई सम्मान गर्ने कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा रक्षामन्त्री मानवीर राईको प्रमुख आतिथ्यतामा राष्ट्रिय स्तरको खेलकुद र संगीतजस्ता सिर्जनशील क्षेत्रहरूमा उल्लेखनीय योगदान दिने प्रतिभाहरुलाई सम्मान गरिने भएको हो ।
उक्त कार्यक्रम चैत ३० गते शनिबार शारदा एकेडेमी कपन, काठमाडौंमा एक विशेष ‘सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम – २०८१’ मार्फत सोलुखुम्बु जिल्लामा जन्मिएर अन्तर्राष्ट्रिय स्तरसम्म राष्ट्रिय गौरव बढाउन सफल नेपाली महिला फुटबल टोलीकी मिडफिल्डर प्रिती राईलाई नगद सहित सम्मान प्रदान गरिने भएको छ ।
प्रिती राईले नेपालको महिला फुटबलको क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई सम्मान प्रदान गर्न लागिएको हो । त्यस्तै, भ्वाइस अफ नेपाल सिजन–५ का सेकेण्ड रनर अप गायक तथा संगीतकार कुमार प्रयास राईलाई पनि नेपाली संगीतमा पु¥याएको योगदानको कदर स्वरूप विशेष सम्मान प्रदान गर्न लागिएको आयोजक संस्था सृजनशिल युवा समाज काँगेलका अध्यक्ष योगप्रसाद राईले जानकारी दिए ।
कार्यक्रमको मुख्य उद्देश्य राष्ट्रिय स्तरमा खेलकुद र संगीतजस्ता सिर्जनशील क्षेत्रहरूमा उल्लेखनीय योगदान दिने प्रतिभाहरुलाई सम्मान गर्नु रहेको कार्यक्रमको व्यवस्थापन सहयोगी संस्था शारदा एकेडेमीका प्रधानाध्यापक मोहन प्रसाद फुयालले जानकारी दिए ।
नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना हुन लागेको यस कार्यक्रमले नेपालमा सिर्जनशीलता, प्रतिभा र राष्ट्रिय गौरवको पहिचान दिलाउने नयाँ पुस्तामा प्रेरणा जगाउने अपेक्षा समेत लिएको आयोजक राईले बताए ।



















