Dhulikhel Eco Banner new

प्रभु बैंक तथा इला कम्फर्ट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता

2.87K
shares

काठमाडौं, ११ जेठ ।  प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका वडा नं.–२ आवारोड स्थित इला कम्फर्ट होटल एण्ड रिर्साेट बीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ । बैंकले एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

एक समारोहका बीच इला कम्र्फट होटल एण्ड रिर्साेटका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक तर्फबाट, बैंकका प्रमुख क्षेत्रिय व्यापार अधिकृत (एन.बि.सि.ओ.)– राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा इला कम्र्फट होटल एण्ड रिसोटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बाग्लुङ, पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध छ, जहाँ विभिन्न ठाउँबाट पर्यटकहरुको बाक्लो आवागमन हुने गर्दछ । यहाँ अवस्थित बाग्लुङ कालिका मन्दिरमा पुजाआजाको लागि विभिन्न ठाउँहरुबाट दर्शनार्थिहरुको बाक्लो उपस्थिती हुने गर्दछ । बाग्लुङमा पन्चकोट, शालिग्राम संग्राहलय तथा अन्य पर्यटकीय ठाउँहरुको अवलोकनका लागि विभिन्न ठाउँहरुबाट पनि पर्यटकहरुको आवतजावत हुने गर्दछ ।

पर्यटकीय स्थलको रुपमा परिचित बाग्लुङमा अवस्थित, इला कम्फर्ट होटल एण्ड रिसोट आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा इला कम्फर्ट होटल एण्ड रिसोट विच भएको योे साझेदारीले बाग्लुङ पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।