सिद्धार्थ बैंकका ग्राहकहरुलाई माया मनोर बुटिक होटेलमा २० प्रतिशत सम्मको छुट
वि.सं.२०८२ भदौ ८ आइतवार १६:१०
shares

काठमाडौं, ८ भदौ । सिद्धार्थ बैंक र माया मनोर बुटिक होटेल बिच बैंकका ग्राहकहरुलाइ विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार हात्तीसार, काठमाडौं स्थित माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

















