Dhulikhel Eco Banner new

एनआईएमबी एस क्यापिटल, पायोनियर एल फर्म र केयर एज रेटिङद्वारा चितवनमा कार्यक्रम सम्पन्न

2.5K
shares

काठमाडौं, ७ मंसिर । चितवनमा एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर एल फर्म र केयर एज रेटिङद्वारा संयुक्त रूपमा “आईपीओ र क्रेडिट रेटिङ” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मंसिर ५ गते नेपाली युवा उद्यमी मञ्चको आयोजनामा सम्पन्न यो कार्यक्रम उद्यमी र व्यवसायीहरूलाई शेयर निष्कासन प्रक्रिया र क्रेडिट रेटिङबारे मार्गदर्शन दिन तथा सर्वसाधारणमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै एनवाईइएफ चितवनका अध्यक्ष निशान पौडेलले अतिथिहरूलाई स्वागत गर्दै नयाँ उद्यमीका लागि क्षमता अभिवृद्धि कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए।

एनआईएमबी एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले आईपीओका लागि रणनीतिक योजना, तयारी प्रक्रिया, सूचीकरणका लागि आवश्यक योजना, बजार अवस्था र उद्यमीहरूले प्रायः गर्ने गल्तीबारे विस्तृत जानकारी प्रस्तुत गरे।

पायोनियर एल फर्मका व्यवस्थापकीय साझेदार अनुपराज उप्रेतीले सार्वजनिक निष्कासनका लागि आवश्यक कानुनी पक्ष, नियामकीय प्रक्रिया र अनिवार्य नियमबारे जानकारी गराए।

केयर एज रेटिङ्स नेपालका प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाशले क्रेडिट रेटिङको दृष्टिकोण, कम्पनीको वित्तीय सबलता र सुशासन अभ्यासले लगानीकर्ताको विश्वासमा पर्ने प्रभावबारे प्रकाश पारे।

आयोजकका अनुसार, चितवनका उद्यमीहरूले यस कार्यक्रमबाट व्यावहारिक ज्ञान र मार्गदर्शन पाए, जसले उनीहरूको आगामी व्यवसायिक योजनामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।