Dhulikhel Eco Banner new

क्रेस्ट माइक्रो लाइफको सम्मान कार्यक्रम सम्पन्न

4.99K
shares

काठमाडौं, ९ मंसिर । नेपालको एक विश्वासिलो लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफ ले आफ्नो अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी. र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा फेमस तास हाउस रेस्टुरेन्ट, हेटौडामा कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको हो ।

क्षेत्रीय प्रमुख अजय फुयलको सञ्चालनमा सम्पन्न कार्यक्रममा हेटौडा तथा आसपासका क्षेत्रबाट उल्लेखनीय संख्यामा अभिकर्ताहरू सहभागी भएका थिए। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई सम्मान गरियो। सो अवसरमा अभिकर्ताहरूले व्यक्तिगत अनुभव शेयर गर्दै कार्यक्रमले आफूहरूमा थप ऊर्जा, उत्साह र प्रेरणा थपेको धारणा राखे ।

नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के।सी।ले लघु बीमाको विस्तार तथा बजारीकरणमा अभिकर्ताहरूको भूमिकालाई महत्वपूर्ण भन्दै उनीहरूको योगदानप्रति आभार व्यक्त गरे। बजार प्रमुख दिनेश खड्काले लघु बीमाको सम्भावित बजार, अभिकर्ताले अपनाउनुपर्ने रणनीति तथा योजना सम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गरे । कार्यक्रममा सम्मानित अभिकर्ताहरूले कम्पनीको भविष्यका योजना तथा लक्ष्यहरू प्राप्त गर्न सक्रिय रूपमा योगदान दिने प्रतिबद्धता जनाएका छन् ।