Dhulikhel Eco Banner new

सिटिजन्स क्यापिटल र पशुपति भेन्चर बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्झौता

3.11K
shares

काठमाडौं, ३ पुस । सिटिजन्स क्यापिटल लिमिटेड र पशुपति भेन्चर लिमिटेडबीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भएको छ। काठमाडौंको धुम्बाराहीमा आयोजित एक समारोहबीच उक्त सम्झौता भएको हो।

सम्झौतामा पशुपति भेन्चर लिमिटेडका तर्फबाट सञ्चालक दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले पशुपति भेन्चर लिमिटेडको सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी निर्वाह गर्नेछ।

पशुपति भेन्चर लिमिटेड एक लगानी कम्पनी हो, जसले विगत १५ वर्षदेखि विभिन्न जलविद्युत कम्पनीहरूमा लगानी गर्दै आइरहेको छ। कम्पनीको लगानी रहेका खानी खोला जलविद्युत कम्पनी लिमिटेड र माया खोला जलविद्युत कम्पनी लिमिटेडलगायतका आयोजनाहरू सम्पन्न भई हाल विद्युत उत्पादन गर्दै आइरहेका छन्।