Dhulikhel Eco Banner new

एसईईको रिजल्ट आज प्रकाशन गर्ने तयारी, कसरी हेर्ने रिजल्ट ?

20.88K
shares

काठमाडौं, २१ असार । माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय आज दिउँसो नतिजा प्रकाशन गर्ने तयारीमा रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले १९ संस्थालाई नतिजा प्रकाशन अनुमति दिएको छ । यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।

नेपाल टेलिकमबाट एसएमएस र आइभिआरबाट १६०० सर्टकोड प्रयोग गरी, जनकी टेक्नोलोजी प्रा.लिबाट एसएमएस ३५००१ सर्टकोड प्रयोग गरी, इजी सर्भिस प्रा.लिबाट एसएमएस ३४९४९ सर्टकोड प्रयोग गरी, आकाश टेक प्रा.लिबाट एसएमएस ३१००३ सर्टकोड प्रयोग गरी र क्रियसन सफ्ट नेपाल प्रा.लिबाट एसएमएस ३१०६४ सर्टकोड प्रयोग गरी नतिजा हेर्न सकिन्छ ।

वेबसाइटबाट नतिजा पाउँन सक्नेमा, डब्लु डब्लु डब्लु डट् एसईई डट् जिओभि डट् एनपि, डब्लु डब्लु डब्लु डट् एनइबि डट् जिओभि डट् एनपि, डब्लु डब्लु डब्लु डट् एसईइ डट् एनटिसि डट् नेट डट् एनपि, एचटिटिपिएस स्यास एसईई डट् एनआइसिएसियाबैंक डट् कम, डब्लु डब्लु डब्लु डट् एसईई इडियु संजाल डट् कम, डब्लु डब्लु डब्लु डट् इकान्तिपु्र डट् कम, डब्लु डब्लु डब्लु डट् द कनेक्ट प्लस डट् कम, एचटिटिपिएस स्यास खल्ती डट् कम स्यास एप, डब्लु डब्लु डब्लु डट् निमा एकेडेमी डट् कम, एचटिटिपिएस स्यास माइपे डट्कम एनपी, डब्लु डब्लु डब्लु डट् नेपाल एजुकेशन पोर्टल डट् कम, डब्लु डब्लु डब्लु डट् आयो रिजल्ट डट् कम, डब्लु डब्लु डब्लु डट् रिजल्टर्स डट् मात्र एजुकेशन डट् कम र डब्लु डब्लु डब्लु डट् टुटेलाइन डट् कम मार्फत नतिजा प्राप्त गर्न सक्नेछन् ।

लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी भइरहेको समेत राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।