सानिमा सेक्युरिटीजको पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा संचालन
वि.सं.२०८० चैत ७ बुधवार १६:४८
shares

काठमाडौं, ७ चैत । ग्लोवल मनी वीक–२०२४ को अवसरमा सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सानिमा क्यापिटल लिमिटेड तथा सानिमा सेक्युरिटीज लिमिटेडको संयुक्त आयोजनामा पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा संचालन गरेको छ ।
कार्यक्रममा नेपालको पूँजीबजार क्षेत्रको विभिन्न आयामहरुको बारे छलफल तथा प्रस्तुति गरिएको थियो र अन्त्यमा सहभागि विद्यार्थीहरुका साथै क्याम्पस व्यवस्थापनलाई आवश्यक सहयोगका लागी धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन भएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रम मार्फत युवा तथा विद्यार्थीहरुले नेपालको पूँजीबजार सम्बन्धी शिक्षा प्राप्त गरी सो ज्ञानलाई आगामी दिनहरुमा व्यवहारमा लागु गरी आफ्नो आम्दानीलाई बचत तथा लगानी गर्ने बानीको विकास हुने अपेक्षा कम्पनीले गरेको छ ।
उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक भुवन देशारका साथै सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सानिमा सेक्युरिटीज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्जिव पौडेल लगायतका कर्मचारीहरुको सहभागित थियो ।















