Dhulikhel Eco Banner new

भोली सोमबारदेखि जनकपुरधामको सबै निजी विद्यालय अनिश्चितकालिन बन्दको घोषणा

2.99K
shares

काठमाडौं, २ मंसिर । भोली सोमबारदेखि जनकपुरधामभित्रको नीजि विद्यालयहरु बन्दको घोषणा गरिएको छ ।

हिसान, प्याबसन, एन–प्याबसनले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जनकपुधाम उपमहानगरपालिकाभित्र सँचालनमा रहेको र यी सँगठनहरुमा आवद्ध भएका विद्यालयहरुले सोमबारदेखि अनिश्चितकालिन बन्दको घोषणा गरिएको हो ।

अध्ययनका लागि मिति २०८१/०५/१४ गतेमा हिसान धनुषा आवद्ध संस्थागत विद्यालयहरुमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम सिफारिस भएको विद्यार्थीहरुबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

सोही अनुसार गर्दै आए पनि पूनः २०८१/०७/१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने हुँदा अन्य स्थानीय निकाय (भरतपुर, विराटनगर, विरगंज, बुटवल तथा टोखा)हरुको स्थलगत वा विभिन्न संचार माध्यमबाट विवरण संकलन गरी उक्त अनुसार गरिदिनु हुन भनी पत्र मिति २०८१/०७/२९ गते नगर प्रमुखलाई पत्रमार्फत अनुरोध गरेपनि कुनै पहलकदमी नभएको भन्दै विद्यालयहरु बन्दको घोषणा गरिएको हो ।

संस्थागत विद्यालयहरुको छाता संगठन, हिसान, पेवसन तथा एन ९पेवसन आवष्ट्व सम्पूर्ण विद्यालयहरु बन्द गर्न बाध्य भएको भन्दै मंसिर ३ गते सोमवारदेखि अर्को निर्णय नभए सम्म समपूर्ण संस्थागत विद्यालय बन्द रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।