Dhulikhel Eco Banner new

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट

5.4K
shares

काठमाडौं, १७ साउन । मन्दाकिनी हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडलको कार्यालय नक्साल मंगलबार आइपीओ बाँडफाँट सम्पन्न भएको हो ।

क्यापिटलका अनुसार यस कम्पनीको आईपिओमा कुल १५ लाख ४७ हजार ९ सय ४९ जनाको आवेदकबाट कुल १ करोड ६९ लाख १६ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १ हजार ६ सय ६५ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १५ लाख ४६ हजार २ सय ८४ जनालाई गोलाप्रथाको माध्यमबाट शेयर बाँडफांड गरिएको छ । जस अनुसार १ लाख ९ हजार ३ सय ७४ जनाले शेयर पाएका छन् । यी मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यो मध्ये ५ प्रतिशत अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।