कृषि विकास बैंकमा तपाईको खाता छ ? ध्यान दिनुहोस खाता रोक्का होला
वि.सं.२०७९ साउन १७ मंगलवार १६:३२
shares

काठमाडौं, १७ साउन । कृषि विकास बैंकले खातावाला ग्राहकलाई खाता सक्रिय र अद्यालधिक गराउन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गरेर खाता अद्यावधिक गराउन आग्रह गरेको हो ।
बैंकले जारी गरेको सूचनामा बैंकका खातावाला तथा खाता संचालकहरु समेतले आफूले खाता संचालन गरिरहेको सम्वन्धित शाखा वा पायक शाखा कार्यालयमा सम्पर्क गरेर तोकिएको फाराम भरी विवरण पठाउन भनेको छ ।
यस अघि बुझाउन बाँकी रहेका कागजात विवरण, परिवर्तित थप विवरण तथा नविकरण अद्यावधिक भएका कागजातका बुझाउन पनि बैंकले आग्रह गरेको छ । तोकिएको समयमा खाता अद्यावधिक नगरेमा खाता रोक्का हुने बैंकले जनाएको छ । यस्तो अद्यावधिक गर्ने कार्य भदौ मसान्तसम्म गरिसक्नका लागि बैंकले सबैमा अनुरोध गरेको छ ।



















