रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
वि.सं.२०७९ असोज २६ बुधवार ०७:५४
shares

काठमाडौं, २६ असोज । रु रु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज २६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २७ गते बुकक्लोज गर्दैछ ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
उक्त लाभांश पारित गर्न कम्पनीले कात्तिक ७ गते साधारणसभा बोलाएको छ । उक्त साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीहरुले पाउनेछन् ।



















