डेडिकेटेड र ट्रंकलाइन विवाद : प्रमाण पेश गर्न प्राधिकरणलाई चुनौती
वि.सं.२०८० पुस १५ आइतवार १२:२९
shares

काठमाडौं, १५ पुस । डेडिकेटेड र ट्रंकलाइन विवादमा उद्योगीहरुले प्रमाण पेश गर्न नेपाल विद्युत प्राधिकरणलाई चुनौती दिएका छन् । डेडिकेटेड र ट्रंकलाइन विवादका कारण विद्युत लाइन काटिएका उद्योगीहरुले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्राधिकरणलाई प्रमाण पेश गर्न चुनौती दिएका हुन् ।
उद्योगीहरुले प्रमाण नभइ लाइन काटिनु दुखद रहेको बताएका छन् । उनीहरुले आफूहरुले तिर्नुपर्ने शुल्कबारे प्रमाण पुर्याए आफूहरु तिर्न तयार रहेको समेत बताएका छन् । तर प्राधिकरणले मनोमानी ढंगले काम गरेको उनीहरुको आरोप छ ।
पछिल्लो समय अर्थतन्त्र संकटमा छ । व्यवसायिक वातावरण पनि विग्रिएको अवस्था छ । यस्तो बेला उद्योगीहरुलाई तनाव दिएर थप व्यवसायिक वातावरण विगार्न प्राधिकरणले भूमिका खेलेको उनीहरुको आरोप छ ।















