Dhulikhel Eco Banner new

६ उद्योगको लाइन जोड्ने प्राधिकरणको निर्णय

2.89K
shares

काठमाडौं, ८ साउन । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो ।

आगामी तीन महिनाभित्र महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो ।

बिजुली महसुल नतिरेको भन्दै प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।

सोमबारको बोर्ड बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लाइन जोड्न मानेका थिएनन् । तर, मंगलबार पुनः बैठक बसेर लाइन जोड्ने निर्णय भएको हो ।