नाबालिकाको चरित्रहत्या गर्ने युवक पक्राउ
वि.सं.२०८१ साउन ८ मंगलवार १७:०७
shares

काठमाडौं, ८ साउन । नाबालिकाको चरित्रहत्या गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । ब्युरोको टोलीले रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–२८ बस्ने २० वर्षीय मो.जे एच अजवानलाई पक्राउ गरेको हो ।
उनले पीडित नाबालिकालाई सामाजिक सञ्जाल फेसबुकमा साथी बनाई अश्लील फोटो तथा भिडियो पठाएको र त्यस्तै क्रियाकलाप गर्न दबाब दिएका ब्युरोले जनाएको छ । ती युवकले त्यस्ता क्रियाकलाप रेकर्ड गरी सामाजिक सञ्जालबाट सार्वजनिक गरिदिन्छु भनी मानसिक दुःख हैरानी दिएका थिए ।
युवकमाथि काठमाडौं जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।













