Dhulikhel Eco Banner new

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई

2.52K
shares

काठमाडौं, २० साउन । सरकारले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाइ हटाएको छ ।

उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको हो ।

डेडिकेटेड र ट्रङ्क लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको र ती उद्योगीले बक्यौता नतिरेसम्म लाइन जोड्न भन्दै अडान लिएका उनीहरूलाई साउन १५ मा लिखित स्पष्टीकरण सोधिएको थियो । साउन १८ मा उनीहरूले स्पष्टीकरण बुझाएका थिए ।