Dhulikhel Eco Banner new

प्रसारण लाइनमा मानिस चढेपछि त्रिशूली-३ ए को विद्युत् प्रसारण बन्द

8.05K
shares

काठमाडौं, २८  जेठ । नेपाल विद्युत् प्राधिकरणले त्रिशूली – ३ ए को विद्युत् उत्पादन बन्द गरेको छ ।

नुवाकोट जिल्लाको ककनी गाउँपालिका – ७ स्थित एउटा प्रसारण लाइनको पोलमा एक जना व्यक्ति चढेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।

बेलकोटगढी नगरपालिका– १३ का प्रेम बिक शनिवार बिहान ११ बजेतिर त्रिशूली – ३ ए को प्रसारण लाइनमा चढेको भन्दै विद्युत् प्राधिकरणले विद्युत् उत्पादन नै बन्द गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ती व्यक्तिलाई प्रहरी र स्थानीयवासीले पोलबाट झार्न प्रयास गरिरहेका छन् । पोलको तारमा ती व्यक्ति ओहोर – दोहोर गरिरहेकाले विद्युत् प्रसारण रोक्नु परेको प्राधिकरण स्रोतले बताएको छ ।

प्रहरीले ती मानिस कुन उद्धेष्यले पोलमा चढेको र माग के हो भन्ने बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको पनि बताएको छ ।

स्थनीय बासिन्दाले विद्युतको पोलमा एक जना मानिस चढेको विद्युत् प्राधिकरणलाई खबर गरेपछि विद्युत् प्रसारण बन्द गरिएको थियो ।