घान्द्रुक त सोचेँ भन्दा फरक पो रहेछ
वि.सं.२०७९ जेठ ९ सोमवार १२:०८
shares

मैले धेरै पटक सुनेकी थिएँ घान्द्रुकको बारेमा । एक पटक आफै गएर घान्द्रुुकलाई नियाल्ने ठुुलो रहर थियो । समय अनुुकुुल नभएको कारण त्यहाँ पुुग्न पाएको थिईनँ । केही समयपछि साथीको फोन आयो, घुुम्न जाउ भनेर । मैले सोधे कहाँ जाने ? साथीको उत्तर थियो पोखरा हुुदै घान्द्रुकसम्म पुगेर आउने ।
तेती सुुनीसक्दा मलाइ हिडिहाल्न मन थियो । तर पनि सबैको समय मिलाएर हामी वैशाख ८ गते काठमाडौं बाट हिड्ने निर्णय गर्यौ । त्यसपछि हामी दिउसो ३ बजे कलंकीबाट पोखरा जाने माइक्रो बस चढ्यौ । करिब ५ घण्टाको लगातार यात्रापछि हामी पोखरा पुुग्यौ । पोखरा पुुग्दा झपक्कै साझ परिसकेको थियो । नेपालकै धेरै पानी पर्ने ठाउँ पोखरा । हामी पुग्दा पनि फिसफिस पानी परिरहेको थियो । चारैतिर झिलीमिली बत्तीहरु बलिरहेका थिए । हामी गाडीबाट उत्रियौँ र त्यतै नजिकको होटलमा बस्ने भयौ । अलिकति हिडेर एउटा होटलमा पुुग्यौ । त्यहाँ सबै कुुरा मिलाए पछि खाना खाएर आराम गर्न कोठातिर लाग्यौ ।
विहान सबरै उठेर हामी पहिले पुुन हिल पुुगेर मात्र घान्द्रुक आउने निर्णय गरी त्यहाबाट हिडयौँ । पोखराबाट गाडी चढेको ५,६ घण्टा पछि हामी वनठाटीँ पुुग्यौ त्याहाँबाट उता गाडी जादो रहेनछ । आफ्ना आफ्ना झोला बोकेर पैदल यात्राका लागि अगाडि बढ्यौ ।
झोलामा भएका खानेकुुरा खादैँ विभिन्न मनमोहक दृश्यहरुको अवलोकन गर्दै गयौ । बाटामा भएका लट्ठीको साहारा लिएर हामी निरन्तर अघि बढयौ । विभिन्न प्रजातिका चराचुुरुगी को मधुुर आवाजले हाम्रो कठिन यात्रालाई सहज तुुल्याइरहेको थियो । करिब ३ घण्टा हिडेर घारेपानी पुुग्यौ । त्यो रात त्यही बस्ने निर्णय गरेर एउटा होटलको व्यवस्था गयौँ ।
घोरेपानीमा गाडी नपुुग्ने भएर सामानहरु बोकेर नै लानुुपर्ने रहेछ । तर पनि पर्यटकका लागि राम्रो व्यवस्था रहेछ । चिसो मौसम, सफा, सुुन्दर र चिटिक्क परेका घरहरु त्यसमा पनि फुुलैफुुलले सजाइएको देख्दा मनै आनन्दित हुुन्छ ।
सबै थकान बिर्सिन्छ । एकछिन आराम गरेपछि, कफी खादै आगो ताप्दै रमाइलो गयौ । त्यसपछि खाना खाएर, विहान ४ बजे नै उठेर पुुनहिल जाने सल्लाहका साथ सुुत्यौ । बिहान ४ बजे उठेर हातमुुख धोएर उकालो लाग्यौ । विहान झिसमिस नै थियो । लाइट बालेर हामी अगाडि बढ्यौ ।
२ घण्टापछि पुुन हिल पुुग्यौ । त्यहाँ पुुग्दा स्वदेशी तथा विदेशी पर्यटकहरुको घुुइचो थियो । त्यहाँबाट घाम उदाएको मनमोहक दृृश्य देखियो ।
चारैतिर सेता हिमालहरु टल्किरहेको देख्दा अत्यन्तै रमाइलो लाग्छ । अन्नपूर्ण र माछापुछ«े हिमाललाई नजिकबाट नियाल्न पाइन्छ । तल्लो भागमा फुुलिरहेका लालीगुुरास, माथिल्लो भागमा घामका कलिला किरणहरुसँगै टल्किरहेका हिमालहरु देख्दा मन मन्त्रमुुग्ध हुुन्छ । झन्डै २ घण्टाको अवलोकनपछि हामी पुुनः घोरेपानी फर्कियौ । त्यसपछि खाना खाएर घान्दु्रुकका लागि अगाडि बढ्यौ ।
यात्रा सजिलो थिएन तर गन्तव्यमा भने पुुग्नुु नै छ । कतै उकालो कतै ओरालो र कतै निकै अप्ठ्यारो बाटोहरुलाई छिचोल्दै निरन्तर ८ घण्टा हिडेर घान्द्रुुक आइपुुग्यौँ । राती भइसकेको थियो । थकित भएका कारण केही नहेरी खाना खाएर सुुत्यौ ।
विहान उठेर हामी यताउति गर्न थाल्यौ । चिसो हावा, सफा र शान्त वातावरण देख्दा मन खुुसी भइरहेको थियो । चियाको चुुस्की सँगै वरीपरी नियाली रहेका थियौ । परम्परागत शैलीमा बनेका घरहरु अझ भनौ घान्द्रुुकको मख्य आकर्षण हुुन् । यहाँबाट अन्नुुपर्ण, गँगापुुर्ण माछापुछ«े र मार्दी हिमालको दृश्य देख्न सकिन्छ ।
यहाँ गुुरुङ जातिको बाहुुल्यता रहेको छ । गुुरुङ जातिका विभिन्न खालका पहिरनहरु भाडामा लगाउन पाइने रहेछ । त्यहा एउटा म्युुजियम पनि रहेछ, जसमा लोप हुुन लागेका सम्पदाहरुलाई जर्गेना गरेर राखिएको थियो ।

घान्द्रुकमा पुग्दा जति सुुनेको थिए । त्यस्तो मलाई लागेन । टाढाबाट हेर्दा र नजिक जादाको वास्तविकता अर्कै थियो । साँस्कृतिक र पुुरातात्विक महत्व बोकेका सम्पदाहरु जीर्ण बनेका थिए ।
ती ढुुङगा माटो र ढुुङगाको छानो भएका घर विस्थापित हुदै गइरहेको थियो । धमाधम आधुुनिक तरिकाबाट ठुुला–ठुुला ढलान(पक्की) घरहरु निर्माण भईरहेका थिए । जसले त्यहाको सौन्दर्य घटाइरहेको थियो । होटल व्यवसाय चलाउनका लागि ठुुल्ठुुला विल्डिङ बनाइ झिलिमिलि बत्तीका कारण घान्द्रुुकको प्राकृतिक सुुन्दरता भने आझेलमा पर्दै गएको छ । यसरी निरन्तर रुपमा मौलिक परम्परागत घरहरु विस्थापित गर्ने गरियो भने घान्द्रुकको अस्तित्व हराउन सक्छ ।


















