Dhulikhel Eco Banner new

फेरि बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिनमा १२१ जनामा संक्रमण

4.43K
shares

काठमाडौं, २६ असार । कोरोना संक्रमितको संख्या आइतबार ह्वात्तै बढेको छ । पछिल्लो  २४ घण्टामा १२१ जनामा संक्रमण पुष्टि भएको छ । जुन पछिल्लो चार महिना यताकै धेरै हो । यसअघि फागुन २५ गते २२५ जना कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको कुल तीन हजार ४५ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पाइएको हो ।

एक दिनमा एक हजार ७०० पीसीआर परीक्षणबाट १०५ जना र दुई हजार ३४५ एन्टिजेन परीक्षणबाट १७ जना कभिड १९का संक्रमित थपिएका हुन् ।

आज कोरोना निको हुनेको संख्या भने ३१ रहेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ६७८ रहेको छ । केहि समययता कोभिड १९ का कारण निधन हुनेको संख्या शून्य रहेको छ ।