Dhulikhel Eco Banner new

२७ लाख नेपाली इन्टरनेट चलाउछन्

6.12K
shares

काठमाडौं, १२ कात्तिक । नेपालमा इन्टरनेट प्रयोगकर्ता २७ लाख पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षसम्म २२ लाख ३४ हजार रहेकोमा यो वर्ष साँढे पाँच लाख थपिएका छन् ।

प्राधिकरणका अनुसार सबै भन्दा धेरै ग्राहक वल्डलिंक कम्युनिकेशनको रहेको छ । ७ लाख ८१ हजार ग्राहक वल्र्डलिंक प्रयोगकर्ता छन् भने डिस मिडिया नेटवर्कका २ लाख २९ हजार ग्राहक रहेका छन् ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २ लाख ९२ हजार ग्राहक पुगेका छन् भने नयाँ इन्टरनेट कम्पनीको रुपमा स्थापना भएको सिजी कम्युनिकेशनका ५३ हजार ५२६ ग्राहक रहेका छन् ।

क्लासिटेकका २ लाख ८० हजार, सुविसु २ लाख ७१ हजार, भायोनेटका ग्राहक २ लाख ६४ हजार रहेका छन् ।

शहर बजारमा एउटा घरमा इन्टरनेट जाेडेपछि शेयर गरेर चलाउने प्रचलन रहेकाले इन्टरनेट प्रयाेग कर्ता २७ लाख बढी रहेकाे बताइन्छ ।