Dhulikhel Eco Banner new

अभियान लघुवित्तले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

949
shares

काठमाडौँ, १० असार । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । असार ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ प्रस्तावसहित विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा काभ्रेपलाञ्चोको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा बिहान ११ बजे शुरु हुनेछ । कम्पनीले हाल कायम चुक्तापूँजी २५ करोड रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

यस वर्ष पनि कम्पनीले लाभांश वितरणको प्रस्ताव भने गरेको छैन । हकप्रदको प्रस्ताव सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।