Dhulikhel Eco Banner new

बागमती प्रदेशको सवारी साधन नविकरणमा जरिमाना छुट : हेटौडामा सेवा लिन कोही आएनन्

गुर्जुधारामा दैनिक २–३ जना

6.42K
shares

काठमाडौं, ३ भदौ । बागमती प्रदेशक सरकारले सवारी साधनको कर तिर्न बाँकी रहेका सवारी धनीहरुलाई २०७९ सालको फागुन महिनासम्म सवारीको कर तिर्दा लाग्ने जरिमानामा छुट दिने निर्णय गरेको छ । सरकारले चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा नै आर्थिक वर्ष २०७१/०७२ देखि आर्थिक वर्ष २०७५/०७६ सम्मको अवधिको बक्यौता कर तिर्दा जरिमाना नलाग्ने निर्णय गरेको हो ।

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरलेले भने फागुनसम्म जरिमाना छुटको सुविधा रहेको भन्दै यतायता कार्यालयबाट सेवा लिइरहेको हुन सक्ने बताएका छन् । अहिलेसम्म कति सेवाग्राहीले सेवा लिए भन्ने विषयमा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न उनले आग्रह गरे ।

प्रवक्ताले कार्यालयमा जानकारी हुन्छ भने पछि कार्यालयमा फोन गर्दा अहिलेसम्म कोही पनि यो सुविधा प्रयोग गर्नका लागि नआएको बागमती प्रदेश अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय हेटौडाका सूचना अधिकारी राज अर्यालले जानकारी दिए । यो प्रक्रिया अनुसार सवारी साधनको कर तिर्न विलम्ब गरेकाहरुले फागनु मसान्तसम्म कर बुझाउँदा जरिमाना लाग्दैनन् । ‘सरकारले निर्णय गरेको छ तर कोही पनि यहाँ त्यो जरिमाना छुटको दावि गर्न आएको छैन,’ उनले भने । सेवा उपभोग गर्न सेवाग्राही नै नआए पछि कार्यालय केही गर्न नसक्ने उनको भनाइ छ ।

आउनका लागि आग्रह गर्ने हो तर आजका मितिसम्म एक जना पनि यो सुविधा प्रयोग गर्न नआएको सूचना अधिकारी अर्यालले बताए । यो कार्यालयमा बागमति प्रदेश अन्तर्गतका सबै सवारी साधनको कर तिर्ने कार्य हुन्छ । कुनै पनि प्रकारका सवारी साधन प्रयोगकर्ता जरिमाना छुटका लागि नआएको उनले जानकारी दिए ।

यता मोटरसाइलको मात्रै कर तिर्ने काठमाडौंको गुर्जुधारमा रहेको याताया व्यवस्था कार्यालयमा भने दैनिक रुपमा २–४ जना आउने गरेका छन् । सवारी धनीले सवारीको कर ३२ प्रतिशत तिर्नु पर्छ त्यसमा लाग्ने जरिमानामा सरकारले छुट दिएको छ तर न्यून मात्रै यो सेवा प्रयोग गर्नेहरु आउने गरेको कार्यालयका कम्प्युटर अधिकृत लिला रेग्मीले जानकारी दिए ।

‘सरकारले निर्णय गरे अनुसार हामीले सेवा ग्राहीलाई त्यो सुविधा दिनु पर्छ, र दिएका पनि छौँ तर यो सुविधा प्रयोग गर्नका लागि कार्यालयमा आउने सेवाग्राहीको संख्या भने न्यून छ,’ उनले भने ।