Dhulikhel Eco Banner new

नेपाल लाइफ इन्स्योरेन्सको शेयर बिक्रीमा

4.59K
shares

काठमाडौं, १६ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर बिक्रीमा राखेको छ । २ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँका दरले शेयर बिक्रीमा राखेको हो। शेयर खरीदका लागि बोलपत्र पेश गर्दा सम्पूर्ण (२ लाख कित्ता) शेयरका लागि आवेदन दिनु पर्नेछ।

बोलपत्र आज पुस १६ गतेदेखि पुस २३ गतेभित्र काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा पेश गर्नु पर्नेछ। यो बोलपत्र पुस २४ गते बिहान ११ बजे क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ।