महालक्ष्मी र प्रभु लाइफबीच जुट्यो मर्जर सहमति, साढे ६ बजे हस्ताक्षर
वि.सं.२०७९ असार ३० बिहीवार १७:१२
shares
मर्जर पछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्ष अमात्य र प्रमुख कार्यकारी अधिकृत भट्टराई
काठमाडौं, ३० असार । महालक्ष्मी लाइफ इन्स्यारेन्स र प्रभु लाइफ इन्स्यारेन्सबीच मर्जरमा जाने सहमति भएको छ । यी दुई कम्पनीहरु १ बराबर १ स्वाप रेसियोमा मर्जरमा जान सहमत भएका हुन् ।
प्रभु लाइफ इन्स्यारेन्सका एक सञ्जालकले केटिएम भ्वाइसलाई आज साझ ६ः३० मा मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुने जानकारी दिए । ति सञ्चालकले दिएको जानकारी अनुसार मर्जर पछि प्रभुु महालक्ष्मी लाइफ इन्स्यारेन्सको नामबाट एकिकृत कारोबार सुरु हुनेछ ।
मर्जर पछि बन्ने कम्पनीको अध्यक्षमा भने सुवास अमात्य हुनेछन् । अमात्य अहिले प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष छन् । अध्यक्ष प्रभुले लिने र प्रमुख कार्यकारी अधिकृत महालक्ष्मी लाइफलाई दिने गरी सहमित भएको ति सञ्जालकले जानकारी दिए ।
‘निकै लामो कसरपछि सहमति जुटेको छ, हामी सबै कुरामा बराबरी हैसियतमा मर्जर हुँदैछौं’ प्रभुका ति सञ्चालकले भने ।


















