Dhulikhel Eco Banner new

लघुबीमाको लाइसेन्स प्रस्ताव मूल्यांकन कार्य स्थगित

5.3K
shares

काठमाडौं, २ कात्तिक । लघुबीमा लाइसेन्सको प्रस्ताव मूल्यांकन कार्य स्थगित भएको छ । निर्वाचन आचारसंहीताका कारण लघुबीमा लाइसेन्सको प्रक्रिया हाललाई स्थगित गरिएको बीमा समितिले जनाएको छ ।

समितिले लाइसेन्सका लागि आवेदन माग गरी, प्राप्त आवेदन माथि अहिले मूल्यांकनको कार्य गरिरहेको थियो । तर निर्वाचन आयोगले चुनावको समयमा लाइसेन्स वितरणको कार्य भएको भन्दै स्पष्टीकरण सोधेपछि यो कार्य स्थागित गरिएको हो ।

आयोगले केही दिनअघि बीमा समितिसँग चुनावका वेला कुन उद्देश्यले लघु बीमाको लाइसेन्स वितरण गर्न लागिएको हो भन्दै स्पष्टीकरण माग गरेको थियो । स्पष्टीकरण मागेसँगै समितिले लाइसेन्सको सबै प्रक्रिया हाललाई रोक्ने निर्णय गरी आयोगमा पत्र पठाएको समिति स्रोतले जनाएको छ ।

बीमा समितिले गत भदौ १० गते सातै प्रदेशमा लघु बीमा खोल्ने उद्देश्यका साथ आवेदन माग गरेको थियो । समितिले तोकेको समयमा ३१ वटा कम्पनीले लाइसेन्सको लागि आवेदन दिएका थियो । समितिले त्यसबाट ७ वटा (३ जीवन र ४ निर्जीवन) कम्पनीलाई लाइसेन्स प्रदान गर्ने छ ।